
रमा बुढा मगर/ मंगलसिङ घर्ती
तुलसिपुर माघ ९, आफ्ना पार्टिका नेता कार्यकर्ता पक्राउ गरेको बिरोधमा भोलि माघ १० गते प्रतिवन्धित नेकपा ले नेपाल बन्दको घोषणा गरेको छ! गएको पुस २९ गते प्रतिवन्धित नेकपा का केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला कंचन सहित नेता कार्यकर्ता लाई प्रहरी ले पक्राउ गरेको थियो! नेता कार्यकर्ता पक्राउ परे पछी प्रतिवन्धित नेकपा ले माघ ३ गते देखि चरणवद्द आन्दोलनका कार्यक्र्म तय गरेको थियो जस अनुसार भोलि माघ १० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको कुरा उक्त पार्टी ले प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको थियो! नेपाल बन्दको पुर्वसंध्यामा माघ ९ गते राती देशव्यापी मसाल जुलुस गर्ने केन्द्रीय कार्यक्रम रहेको सो पार्टीका एक नेता ले राप्ती पहिचान लाई बताए!नेपाल बन्दको स्वरुप कस्तो हुन्छ? भन्ने प्रश्नमा बन्दको समयमा दूध बोक्ने ,गाडी औषधि बोक्ने गाडी, एम्बुलेन्स र प्रेसका सवारी साधन निर्वाध रुपमा चल्ने उनले बताए! साथै आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरे पछी घोषणा गरिएको बन्दको कार्यक्रम लाई सफल पार्न उद्योगी व्यापारी र सार्वजनिक यातायात ब्यबशायी हरुलाइ सहयोग गरि दिन उनले अनुरोध गरे!