माघ १, सल्यान । प्रतिनिधि सभा विघटन विरुद्ध पौष २५ गते सल्यान प्रदेश सभा १ (क) को थारमारेमा भएको बिरोध कार्यक्रम को शिलशिलामा बागचौर नगर प्रमुख लोकमान बुढाथोकी र निजको परिवारले आफ्ना नेताकार्यकर्ता हरूलाई दुर्व्यवहार र मा’रपिट गरेको भन्दै नेपाली कांग्रेस सल्यानले घटना प्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्दले घटना प्रति ध्यानाकर्षण भएको बताएका हुन ।
पौष २५ गते थारमारेमा भएको बिरोध कार्यक्रममा नगर प्रमुख बुढाथोकीले अतिक्रमण गरि बनाएको घरको बिषयमा बोलेको कुरालाई लिएर नगर प्रमुख र निजको परिवारले नेपाली कांग्रेस बागचौर वडा नं १० सभापति राजेश गिरि लगायत नेताहरूलाई मारपिट गरेको र वक्ता बागचौर नगर कमिटी सचीव दिपेश डिसीलाई बारम्बार जीउ ज्यान मा’र्ने धम्की दिएर आतं’कित गराएको सभापति चन्दले बताएका छन । कुनै पनि राजनीतिक दलको कार्यक्रममा हस्तक्षेप गर्नु र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्ने कार्य सह्य हुन नसक्ने बताउदै नेपाली कांग्रेस सल्यानले उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको पनि बिज्ञप्तिमा बताइएको छ ।
“आम सर्वसाधारण, सरोकारवालाहरू र सामाजिक संजाल प्रयोगकर्ताहरू बाट समेत अभिब्यक्त भावनाहरूको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस बागचौर नगरका नगर सचीव दिपेश डिसीले निज नगर प्रमुख बुढाथोकीले अतिक्रमण गरि बनाएको घर निजकै पूर्ण स्वामित्वमा भए स्पष्ट पार्न र ऐलानी प्रती मिचिएको भए सो घर सटरको भाडा स्थानीय नमुना माबिमा बुझाउनुपर्ने र यस बिषयमा विद्यालयको समेत प्रतिक्रिया आउनुपर्ने धारणा राखेकोमा सत्यतथ्यलाई सत्ता र शक्तिको आडमा दबाउन खोज्ने, नेपाली कांग्रेस वडा नं १० का वडा सभापती राजेश गिरि लगाएतका अन्य साथीहरूलाई मारपिट गर्ने, वक्ता दिपेश डिसीलाई बारम्बार जिउज्यान मा’र्ने ध’म्की दिने र आतंकित गर्ने कार्यको नेपाली कांग्रेस जिल्ला कार्य समिति सल्यान घोर निन्दा एवं भत्सर्ना गर्दछ” बिज्ञप्तिमा भनिएको ।
यस्ता अलोकतान्त्रिक र अराजक कार्य तत्काल बन्द गर्न सचेत बनाउदै संबंधित व्यक्तिहरूलाई निश्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गर्दै धम्की आएका कसैलाई घात आघात भएमा धम्की दिने ब्यक्ति नै जिम्मेवार रहने र शान्ति ब्यबस्था कायम गर्न स्थानीय प्रशासन सँग नेपाली कांग्रेस सल्यानले माग गरेको छ । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा बागचौर नगर प्रमुख बुढाथोकीको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।