झापा । झापा दमकको बेल्डाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा परी एक जना शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको र घरभित्र रहेका अपंगता भएका राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु
प्रतिक्रिया