पाँचथरको कुम्मायकमा आगलागी हुँदा ७० लाखको क्षति।

दाङ, २७ पुष । पाँचथरको कुम्मायक गाउँपालिकामा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको छ।कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट गएराति अचानक आगलागी हुँदा दुई घर जलेर नष्ट भएको र७० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको छ ।

प्रतिक्रिया