
तुलसिपुर २२, पुष। तुलसीपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । आज बिहान ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ हिमाल बोडिङ स्थित तुलसीपुर देखि एर्पोट तर्फ जादै गरेको रा १ क ९४२ नं. को ज्ञान ज्योति बोडिङ स्कूलको बसले रा ५ प ८२६९ नं. मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३७ वर्षिय दुर्गा सार्की र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३९ वर्षिय सुरेश विक घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । घाइते अवस्था मध्य भएको अस्पतालले बताएको छ । साथै बसलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताएको छ ।