काठमाडौं
१२-पुस / भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ ।देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उनले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गरे । आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताए ।
भूमि आयोगले चैतबाट लालपूर्जा वितरण गर्ने तयारी।
प्रतिक्रिया