काठमाडौं, पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)कै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा शुक्रबार विहान साढे ११ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा अविश्वासको प्रस्तावक रहनुभएका जमरकट्टेल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल रहनुभएको छ ।नेकपाको केन्द्रिय तहमा दुई कित्तामा विभाजन भएपछि प्रदेशदेखि जिल्ला तहमा प्रभाव देखिएको छ । पुस ५ गते प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि देखिएको विवादले अहिले उग्रह रुप लिइरहेको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजिनामा
प्रतिक्रिया