रमा बुढा मगर—
तुलसिपुर पुस ९ , छाला रोग बाट नराम्ररी थलीएकी तुलसिपुर १० बनगैँ निवासी मनपती चौधरी को उपचार खर्च जुट्ने क्रम जारी रहेको राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपालको हाम्रो सामाजिक अभियान ले जनाएको छ! प्रतिस्ठान कि लुम्बिनी प्रदेश संयोजक तथा अभियान का अभियन्ता इश्वरा रोका ले यस्तो बताएकी हुन! उनका अनुसार तुलसिपुर ७ निवासी दिल श्रीपाइली ले कुवैत श्थित सुभान शहर को फ्लोरमिल्स मा काम गर्ने दयालु दानविर दाता नेपाली दाजु भाइ र आफ्नो सहयोग बाट नेपाली रुपैयाँ ११३००/ रुपैया चौधरी का लागि उपचार खर्च भनी प्राप्त भएको छ उनले भनिन! उता बैदेशिक रोजगारीका सिलसिलामा कुवैतमा रहेका श्रीपाइली ले सामाजिक संजालमा चौधरीको फोटो देखे पछी मन थाम्न नसकी सहयोग जुटाएर पठाएको कुरा बताए! उनका अनुसार उनले नेपालका अन्य ठाउका यस्तै प्रकारका दुखमा परेका मानिस हरु लाई आफुले धेरै पटक सहयोग रकम पठाएको कुरा बताए! श्रीपाइली ले राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपालको हाम्रो सामाजिक अभियान मा पनि निरन्तर सहयोग गरि रहेको कुरा संयोजक रोका ले राप्ती पहिचान लाई बताइन! मनपती को उपचार का लागि सहयोग अभियान चलाएका छौ जति जुट्छ त्यसमा आफुले पनि थपेर चौधरी लाई हस्तान्तरण गर्ने तयारी गरेका छौ उनले भनिन!उता मनपती चौधरी को उपचार खर्च जुटाइ दिन अभियान चलाइ रहनु भएका राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल का उपाध्यक्ष तथा हाम्रो सामाजिक अभियान का अर्का अभियन्ता एग्गे बहादुर बुढा ले चौधरीको उपचार का लागि सहयोग जुट्ने क्रम जारी रहेको कुरा बताए! उनका अनुसार सामजसेवी धुर्व गौतम ले २ हजार, टोप प्रसाद भुसाल ले २ हजार १०, मेयर घनश्याम पान्डेको सचिवालय बाट ६ सय, समाजसेवी यज्ञ के सि ले ५ हजार, इन्जिनियर पवन योगी ले १ हजार र ओवर्सियर खड्ग विक ले ५ सय रुपैया गरि जम्मा ११ हजार ११० रुपैया सहयोग जुटेको कुरा बताए! कुवैत बाट दिल श्रीपाइली जी ले पठाएको ११ हजार ३०० सय र यहाँ जम्मा भएको ११ हजार ११० गरि जम्मा २२ हजार ४१० रुपैया रकम जुटेको छ त्यो रकम छिट्टै चौधरी लाई हस्तान्तरण गर्छौ बुढाले भने!