नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ जिल्ला कमिटीको नेतृत्व प्रचण्ड–नेपाल पक्षमा रहेको छ। जिल्ला इञ्चार्ज जीवन गौतम, अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुन (सुभाष) ले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रयावादी शक्तिबाट परिचालित भएको जिल्ला नेताले विज्ञप्तिमार्फत् विरोध जनाएका छन्। संसद विघटनले कम्युनिस्ट आन्दोलनप्रति गद्धारी गरेको नेतात्रयको आरोप छ। संसद विघटनविरुद्ध प्रतिवाद गर्न समेत उनीहरुले आग्रह गरेका छन्।