संसद विघटन सिफारिश सिस्टमविरुद्धको आक्रमण हो, कडा रुपमा प्रतिवाद गर्छौं : झलनाथ खनाल।

काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिशलाई लिएर कडा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो निर्णय देशको प्रणालीविरुद्धको आक्रमण भएकोले त्यसको आफूहरुले सशक्त र कडा रुपमा प्रतिवाद गर्ने जनाए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,”यो सिस्टमविरुद्धको आक्रमण, राष्टपतिले यस्तो निर्णयलाई साथ दिनुहुँद्यैन । यो ओलीको फासिस्ट कदम हो । हामी कडा रुपमा प्रतिबाद गर्छौं ।”प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । उनले उक्त निर्णय गरेर बैठकबाट निस्किएका हुन् । संसद बिघटनको सिफारिश राष्ट्रपति समक्ष पेश हुनेछ । राष्ट्रपतिले यसलाई जारी गर्नुपर्ने हुन्छ । मन्त्रिहरु प्रधानमन्त्रीको निर्णयबाट आश्चर्यचकित भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छन् ।

प्रतिक्रिया