गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका–३बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार बिहान साढे चार बजे सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनाबाट बस क्षतिग्रष्त भएको छ । बस चालक फरार छन् ।

घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गम्भीर धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । 

पाँचै जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया