बुटवल कोभिड अस्पतालमा गुल्मीका संक्रमित पुरुषको मृत्यु।

बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा गुल्मीका एक पुरुषको मृत्यु भएको छ । अपस्पतालका अनुसार गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

उनमा कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो । सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए का छन् ।  हालसम्म गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ भने लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।

प्रतिक्रिया