बाँके, कार्तिक २७ । बाँकेमा कोरोना संक्रमित ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरकी ३२ वर्षीया महिलाको आज राती मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनलाई स्वसप्रश्वारमा समस्या देखिएपछि २५ गते मंगलबार अस्पताल भर्ना गरिएकोमा हिजो साँझ ४ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात उपचारका क्रममा आज राती सवा १२ बजे मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरलाई उदृत गर्दै कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । अहिले उनको शवलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा ब्यवस्थापन गर्ने काम भइरसहेको छ । यससँगै बाँकेमा कोरोना सांक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
बाँकेमा कोरोना संक्रमित ३२ वर्षीया एक महिलाको मृत्यु।
प्रतिक्रिया