सल्यानको श्रीनगर बजार क्षेत्र १ हप्ताकालागि सिल।

२३ कार्तिक, सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा १ जनाको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका १ का एक पुरुषको संक्रमणका कारण मृत्यु भएको बताएको छ।

स्थानिय ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएपछि श्रीनगर बजार क्षेत्रलाई कार्तिक २३ गते देखि कार्तिक २९ गते सम्म सिल समेत गरिएको छ । शारदा नगरपालिका वडा नं. १ ले एक विज्ञप्ती जारी गर्दै कार्तिक २३ गते विहान १० बजे देखि बजार क्षेत्र सिल गरिएको जनाएको छ ।
लक्षण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए ।

विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ । कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत बडाले आग्रह गरेको छ । श्रीनगरकै एकजना ब्यापारिको कोरोना पोजेटिभका कारण सिकिस्त बिरामीभै उपचार भैरहेको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया