रमा बुढा मगर/ मंगलसिङ घर्ती
दाङ्गको एक गाउपालिका का अश्यक्ष गाउपालिका को बजेट बाट पौने करोड रुपैयाँ को विलाशी गाडी किनेर चढ्ने गरेको पाइएको छ! यसो गर्नेमा दाङ्गको बबइ गाउपालिका का अध्यक्ष भुवनेश्वर पौडेल हुन! उनले २०७४ सालको स्थानिय तहको निर्वाचनमा तत्कालिन नेकपा एमाले बाट चुनाव जितेका हुन! चुनाव जिते लगत्तै उनले रा १ झ १५० नम्बर भएको महिन्द्रा कम्पनी को सुविधा सम्पन्न विलाशी गाडी स्कारपियो गाडी किनेर चढ्ने गरेको पाइएको छ!उनी चढ्ने स्कारपियो गाडिमा जाडो याममा तातो हावा को ब्यबश्था भएको र गर्मी मौसम मा चिसो हावाका लागि A/c जडान गरिएको छ! उक्त गाडिमा ब्याक गिएर हाल्दा बित्तिकै आफ्नो पछाडी के के भै रहेको छ भनेर हेर्न सकिने सुविधा का लागि डिजिटल क्यामेरा समेत जडान भएको छ! आफुले आफै लाई कम्युनिस्ट पार्टिको नेता बताउने गरेका भुवनेश्वर पौडेल को यो राजशी जीवन शैली लाई लिएर पछिल्लो समय टीका टिप्पनी हुन थालेको छ! गाडी मा हाल्ने फ्युल, ड्राइभर तलब लगायत उनले मासिक रुपमा पारिश्रमिक र बैठक भत्ता समेत गाउपालिका बाट बुझ्ने गरेको नाम नबताउने सर्तमा गाउपालिका का एक कर्मचारी ले भने! कम्युनिस्ट र सर्वहाराको निमित्त लड्ने सर्वहारा वर्गको भलाइका लागि काम गर्ने नेता हुँ भन्ने ले नै यति धेरै सुविधा आफुले भोग गरेका रहेछ्न हापुरे बाट एक स्थानिय ले भने! जनता को घर दैलोमा बिकास को मुलनै फुटाउने उदघोष गरेका पौडेल ले आफुले सरकारी पैसा बाट मनग्य सुविधा भोग गरि रहेको हामिले पनि देखेकै छौ अर्का स्थानिय ले राप्ती पहिचान लाई भने! यिनै भुवनेश्वर पौडेल ले चुनावमा भोट माग्न आउदा अर्को पटक आउदा बाटो बिद्युत, खानेपानी संचार लिएर आउछु भनेका थिए तर बबइ गाउपालिका वडा नंं १ को कप्ताने, मलइ, जिला गंगटे भाङ्गाबारी भन्ने ठाउमा अझै पनि मोबाइल नेटवर्क छैन, बाटो बिद्युत केइ छैन भने गाउपालिका कै वडा नं ३ को बेसारे भन्ने ठाँउका जनताले अझै मोटर बाटो पाएका छैनन आफू चै सुविधा सम्पन्न गाडिमा राजा जस्तै धुलो उडाउदै दगुर्छन अर्का स्थानिय ले आक्रोस पोख्दै भने! गाउपालीका को १ नम्बर वडामा दुई हजार मतदाता छन भने वडा नम्बर ७ मा २५ सय भन्दा माथी मतदाता छ्न, जहाँ अहिले पनि मोटर बाटो, खानेपानी बिद्युत र संचार सुविधा छैन !यता वडा नं ३ को बेसारे का वासिन्दा अहिले पनि मोटर बाटो बिद्युत, खाने पानी संचार लगायतका सुविशा बाट वंचित भएको कुरा एक स्थानिय ले बताए! गाउपालिका का जनता यस्तो कठिन अबश्थामा जिबनयापन गर्न बाध्य भएको समयमा भुवनेश्वर पौडेल चढ्ने विलाशी गाडिको फोटो राप्ती पहिचान डटकम को क्यामेरा ले कैद गरि सार्वजनिक गरेको हो!