दाङमा रोकिएको बसलाई गुडिरहेको बसले टक्कर दिदा यात्रु घाईते।

तुलसीपुर, १७ कात्तिक । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत चौवाखोला नजिकै रोकी राखेको बसलाई पछाडीबाट आउदै गरेको अर्को बसले सोमवार दिउँसो १ बजे ठक्कर दिदा केहि यात्रु घाईते भएका छन् ।तुलसीपुर १८ चौवाखोला स्थित घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ९२३ नम्वरको बसले यात्रु ओराल्न रोकीराखेको अर्को रा १ ख १६८२ नम्वरको बसलाई ठक्कर दिदा केहि यात्रु घाईते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने बसको अगाडीको भागमा क्षति पुगेको छ भने अर्को बसको पछाडीको भागमा क्षति पुगेको हेमन्तपुर प्रहरी चौकीले जानकारी दिएको छ । दुवै बसलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर पठाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया