दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु।

तुलसिपुर, १७ कार्तिक। दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् ।आईतबार राति साढे ८ बजेको समयमा घोराहीबाट लमही तर्फ जादै गरेको ना ६ ख ३२० नं. को ट्रक घोराही ३ वैसी बगाउने खोलामा एक्कासी दुर्घटना हुँदा बाँके घर घएका ट्रक चालक प्रकाश परियारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहामनगरपालका वडा नं. १४ का नबिन केसी उपचार पछि डिस्चार्ज भएका छन्, भने अर्का घाईतेलाई कोहलपुर मेडिकल कलेजबाट थप उपचारको लागि बुटवल रेफर गरिएको प्रहरीले बताएको छ । घाईते अचेत अवस्थामा रहेकाले उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया