बाल बिवाह गर्नेमा प्युठान पहिलो, दाङ दोस्रो।

तुलसीपुर, १६ कार्तिक। लुम्बिनी प्रदेशमा बाल बिवाह हुने जिल्लाको पहिलो सूचिमा प्युठान परेको छ भने दोस्रोमा दाङ परेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले दिएको तथ्याङक अनुसार तीन बर्षको तुलना गर्दा प्युठानमा सबै भन्दा बढी १९ , दाङमा १३ , बाँकेमा ८ , अर्घखाँचीमा ३ , गुल्मीमा २ तथा बर्दिया, कपिलवस्तु र रुपन्देहीमा १/१ जनाले बाल बिवाह गरेका छन् ।  प्रहरीले आर्थिक बर्ष २०७४/ ०७५, २०७५/७६ र २०७६/०७७ लाई तुलना गरेर यस्ताे  तथ्याङक  सार्वजनिक  गरेको हाे।

बालबिवाह नहुने जिल्ला
यसैगरी तीन बर्षको अवधिमा बाल बिवाह नगर्नेको सूचिमा तीन वटा जिल्ला परेका छन् । बाल बिवाह नहुने जिल्लामा रोल्पा, पाल्पा र नवलपरासी छन् ।  त्यसैगरी उमेरका दृष्टिकोणले बाल बिवाह गर्नेमा १६ बर्ष मुनिका धेरै छन् । प्रहरीको तथ्याङक अनुसार १६ बर्ष मुनिका २७ जना, १८ मुनिका १९ जना र २० बर्ष मुनिका ३ जना रहेका छन् । त्यसमा पनि पढ्दा पढ्दै बिवाह गर्ने ३०, कृषि ११ जना र ज्यालामजदुरी गरिखाने ८ जना रहेका छन् ।

 बिवाह गर्ने जनजाति धेरै
जातिय आधारमा बाल बिवाह गर्नेमा जनजाति धेरै छन् । प्रहरीले दिएको तीन वर्षे तथ्याङकमा जनजाति १६ जना, बाह्रमण÷क्षेत्री १५ जना, दलित ११ जना र मधेसी ८ जना रहेका छन् ।  यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी वरिष्ट उपरीक्षक राज कुमार बैदवारले अशिक्षा, गरिबी, बेरोजगार र विभेदका कारण बाल बिवाह भएको बताउनुभएको छ ।

प्रतिक्रिया