दाङमा आफ्नै बाबुलाई घरको छतबाट खसाएर हत्या।

तुलसिपुर, ८ कार्तिक। दाङमा एक ब्यक्तिले आफ्नै बाबुलाई घरको छतवाट फालेर हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका वडा नं। २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकले आफ्नै ४५ बर्षीय बुवा बालाराम बिकलाई घरको छतवाट फालेर हत्या गरेको प्रहरीले बताएको छ ।शुक्रबार राति १२ बजेतिर घरायसी सामान्य विवनद हुँदा छतबाट फाल्दा घटनास्थलमै मृत्यु भएको हो । हत्या गरेको अभियोगमा उनलाई शनिवार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया