रमा बुढा मगर——-
तुलसिपुर कार्तिक ६ , तुलसिपुर मा मेडिकल संचालन गर्दै आइ रहेका एक व्यापारी ले अनाथ बालिका लाई दशैमा लगाउन नयाँ कपडा सहयोग गरेका छन! तुलसिपुर को ग लाइनमा पालपाली मेडिकल सेन्टर संचालन गर्दै आइ रहेका शिव श्रेस्ठ ले यस्तो सहयोग गरेका हुन! श्रेस्ठ ले तुलसिपुर ५ एकान्त टोलमा हजुर आमा को शरणमा बस्दै आइ रहेकी १६ वर्षिय अनाथ तथा अपाङ्ग बालिका तिला नेपाली लाई यस्तो सहयोग गरेका हुन! श्रेस्ठ ले सामाजिक अभियन्ता एग्गे बहादुर बुढा मगर ले स्टाटस लेखेर सहयोग गरि दिन अनुरोध गरेको देखे पछी दया लागेर बालिका लाई सहयोग गरेको कुरा राप्ती पहिचानलाइ भने! मैले बिगत देखि नै यी नानी लाई निरन्तर सहयोग गर्दै आइ रहेको छु यस पाला राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपालको हाम्रो सामाजिक अभियान मार्फत सहयोग पठाएको हुँ उनले अगाडि भने! पालपाली मेडिकल सेन्टर संचालक शिव श्रेस्ठ ज्यु ले अनाथ तथा अपाङ्ग बालिका तिला नेपाली लाई कपडा किन्न २ हजार ५ रुपैया नगद सहयोग गर्नु भएको थियो त्यसमा ८००/ रुपयाँ थपेर पाइन्ट भेस्ट र ज्याकेट किनेर आजै बालिका लाई दिएको छु बुढा ले भने! चाड पर्वमा केटाकेटी बढी उत्साहित भएर रमाउने गर्छन तर अनाथ अपाङ्ग हरु ले आफुले चाहे जस्तो लत्ता कपडा लाउन नपाएर दुखी नहौन भनेर हाम्रो सामाजिक अभियान ले यो दशैँ मा अनाथ र अपाङ्ग बालबालिका लक्षित कार्यक्रम गर्ने निर्णय गरेका ले यस्तो गरि रहेका छौ बुढा ले अगाडि भने! आफ्नै छोरी सम्झेर दशैमा लाउलिन भनेर खुशी मन ले सहयोग गरेको हुँ श्रेस्ठ बताउछन! हामी सङ्ग २७ जना अनाथ बालबालिका निरन्तर सम्पर्कमा छन उनी हरु सबैलाइ दशैमा लाउन कम्तिमा नयाँ कपडा जुटाइ दिने सोचेका छौ ९ जना लाई चामल नुन तेल र कपडा जुट्यो अझै १८ जना बालबालिका लाई जुटाइदिने काम भइ रहेको छ कोइ दानविर दाता भए सहयोग दिन अनुरोध छ सामाजिक अभियन्ता एग्गे बहादुर बुढा मगर ले अनुरोध गरे!