रमा बुढा मगर
तुलसिपुर कार्तिक ३, दाङ्ग को एउटा गाउपालिकामा बिकास खर्च भन्दा सुविधा खर्च दोब्बर भन्दा बढी भएको पाइएको छ! पश्चिम दाङ्गको दंगीशरण गाउपालिका मा यस्तो खर्च भएको पाइएको हो! गाउपालिका को आ,व,२०७६/०७७ मा बिकास खर्च ३ करोड ४८ लाख ६२ हजार ७०१ रुपैयाँ जम्मा खर्च भएको देखिन्छ भने सुविधा खर्च दोब्बर भन्दा बढी ६ करोड ९२ लाख २६ हजार ६१ रुपैयाँ खर्च भएको देखिन्छ! गाउपालिका को आर्थिक प्रशासन शाखा बाट प्राप्त विवरण अनुसार हिसाब नं २१११२ बाट पदाधिकारी लाई पारिश्रमिक भनी ५८ लाख र हिसाब नं २११४२ बाट पदाधिकारिको बैठक भत्ता भनी १५ लाख ३६ हजार ५४० गरि जम्मा ७३ लाक ३६ हजार ५४० रुपैयाँ पदाधिकारी हरुले नगद बुझी लगेको पाइएको छ! त्यस्तै पदाधिकारी लाई इन्धन र कार्यपालिका लाई इन्धन खर्च भन्दै ११ लाख ७५ हजार १६० रुपैयाँ को डिजल पेट्रोल मा खर्च गरेको देखिन्छ! यसमा पनि एउटा अचम्म को खर्च शीर्षक छ जसको शिषक कार्यक्रम खर्च भनी उल्लेख गरेर ८७ लाख ३६ हजार ८०१ रुपैयाँ खर्च गरिएको छ भने भ्रमण खर्चमा मात्रै १६ लाख ८८ हजार १११ खर्च गरिएको छ! यस बारेमा हामिले गाउपालिका का अध्यक्ष भागिराम चौधरी लाई फोन गरि बिकास खर्च भन्दा सुविधा खर्च कसरी दोब्बर बढी भयो भनी सोध्दा आफुले खर्च नहेरेको कुरा बताए! बिकास गर्न आइम भन्छन तर वास्ताविक कुरा यस्तो रहिछ बिकास खर्च भन्दा सुविधा खर्च यति धेरै गरेका रहेछन एक स्थानिय ले नाम नबताउने सर्तमा भने! जनताको काम गरे बापत केइ नलिने भन्दै चुनाव जितेका हरुले गाउपालिका को कोष बाट ७३ लाख बढी रकम भत्ता बुझी लगेको कुरा थाहा पाउँदा अचम्म लागेको छ, यिनलाइ कसरी बिकासवादी नेता भन्ने अर्का स्थानियले आक्रोश पोखे! गाउँमा आएको सिंह दरवार ले खाने सिंह मात्रै ल्याएर आएछ काम गर्ने सिंह उतै छोडेर आएछ एक स्थानियले हाँस्दै भने!
