
बिर बहादुर बिक
दंगीशरण,३ कार्तीक। दंगीशरण गाउँपालिका वडा न. ५ मिरौलीमा बस दुर्घटना भएको छ । आज बिहान करीव १०.१५ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले जानकारी दिए ।बसमा सवार र धान काट्दै गरेका स्थानीय गरि ६ जना घाईते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । उनीहरुलाई राप्ती प्रादेसीक अस्पतालमा उपचारमालागि रीफर गरिएको छ । दंगीशरण गाउँपालिका बैबाङ्ग बाट तुलसीपुर तर्फ जादै गरेको ना.४ ख ७८४८ न. को बस अनीयन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ । बस चालक र सहचालक भागेकाले बसमा कती जना सवार थिए भन्ने बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।