टिप्परको ठक्कर बाट एकको मृत्यु एक घाईते।

दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ लिजादै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ । जमुनाका बुबाकाे भने दाङकाे लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको  छ ।  रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया