सर्वहारा वर्गको सांसदले मासिक १ लाख राज्यकोष बाट बुझ्छन!

मङ्गल सिङ घर्ती/ रमा बुढा मगर

तुलसिपुर कार्तिक १, नेपालको संविधान २०७२मा ब्यबश्था भए बमोजिम प्रतिनिधि सभामा २७५ जना र रास्ट्रीय सभामा ५९ जना गरि जम्मा ३३४ जना सांसद छन! तिनै सांसद मध्यका रास्ट्रीय सभाका सांसद हुन जगप्रसाद शर्मा अपार! रास्ट्रीय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद हुन उनी! नेकपा भित्र पनी आफू हरु लाई क्रान्तिकारी धार तर्फ को भएको भाषण गर्ने शर्मा पार्टिको सिफारिसमा ०७७ मा रास्ट्रीय सभा सदस्य बन्न पुगेका हुन! आफू पनि सर्वहारा भएको र राजनिती गरे वाफत कुनै किसिमको लाभ नलिने भन्ने गाउँ गाउमा भाषण गर्ने शर्माले तुलसिपुर ६ को महेन्द्र मा वि अगाडि आलिशान बंगला बनाएका छन भने संसद सचिवालय बाट मासिक तलब ६४ हजार ७ रुपैया र स्वकिय सचिव का लागि भनी ३५ हजार ९९० गरि मासिक ९९,हजार ९९७/ रुपैया बुझ्दै आइ रहेका छन! देशलाई कोभिड १९ को महामारी ले थिलो पारेको र गरिब दुखी ले दशैं मनाउन ऋण खोजी रहेका बेला उनको खातामा दशैँ पेश्की को नाममा ९९ हजार ९९७ रुपैयाँ निकासा पठाइएको छ संसद सचिवालयका शुचना अधिकारी दशरथ धमला ले राप्ती पहिचान लाई भने! हामिले चाहेर पनि यो निकासा रोक्न सक्दैनौ सांसद हरुले स्वकिय सचिव पिए पनि छोरा छोरी भान्जा भान्जी श्रीमान श्रीमती लगायत परिवारका सदस्यका नाम टिपाएर आफैले बुझ्ने गरेको पनि पाइएको छ उनले अगाडि भने! आफुले आफैलाइ सर्वहारा को सक्कल हिमायती बताउने र सर्वहाराको जीवन स्तर माथी उठाउनका लागि मृत्यु सङ्ग लडेको बताउने हरुकै यति ठूलो बङ्गला रहिछ मेरो श्रीमानको रगत यहाँ आएर घरको रुप लिएर जमे छ अचम्म लाग्यो एक जना सहिद का श्रीमती ले हामिलाइ भनिन! गाँउमा आउदा उनी अचम्म सुकिला मुकिला देखिन्थे सम्पत्ती टन्नै जोडेका रहेछन अर्का सहिद परिवारका सदस्य ले हाँस्दै भने! सम्पत्ती पार्टिकरण गरि सक्यौँ भन्दै ठुलठुलो स्वरमा चिच्याउने हाम्रो सर्वहारा वर्गका नेता को बंगला देख्दा अचम्म लाग्छ सम्पत्ती पार्टिकरण गरि सकेका नेता ले यति ठूलो बंगला कसरी बनाए नाम नबताउने सर्तमा एक जना नेकपा का नगर सद्स्यले भने! देश र देशमा रहेका निमुखा सर्वहारा को लागि लड्न हामी आएका हौँ भन्ने सर्वहारा वर्गका नेता हरुको हालको चर्तीकला देख्दा नेपालको कम्युनिस्ट आन्दोलन बाटै जनताको जनविश्वास उठ्ने निश्चित जस्तै देखिन्छ!

प्रतिक्रिया