भोलि कार्तिक १ गते देखि पुरा एक महिना लक्`डाउन गर्ने।

काठमाडौँ । दैनिक ४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि सांसदहरूले कडा लकडाउनदेखि नाका सिल गर्नेसम्मका सुझाव दिएका छन् ।मुलुकभर थपिने संक्रमितको संख्यामा लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका हुने गरेकाले संक्रमण रोकथामका लागि प्रभावकारी कदम नचाल्ने हो भने अवस्था झनै भयावह हुने उनीहरूको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले उपत्यकाबाहिर नियन्त्रण उन्मुख रहेको सं’क्रमण काठमाडौंका कारण बल्झिने जोखिम रहेको बताए । समितिको सोमबारको भर्चुअल बैठकमा सांसद जीवनराम श्रेष्ठले उपत्यकाबाट मान्छे बाहिर नजाऊन् भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । ‘उपत्यकाबाट मान्छे गए बाहिरको अवस्था झनै भयावह हुन्छ ।

चाडपर्वका बेला उपत्यकाका नाकालाई सिल गर्नुपर्छ । अति आवश्यक परेकालाई नाकामा क्याम्प राखेर परीक्षण गरेपछि मात्रै आउजाउ अनुमति दिनुपर्छ ।’सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना नियन्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो ।काठमाडौंको कोरोना संक्रमित बाहिरी जिल्ला गएर त्यहाँ सं’क्रमण फैलाए मुलुकले थेग्न नसक्ने उनले बताए ।
‘बाहिरी जिल्लाहरूका अस्पतालमा औषधि र दक्ष स्वास्थ्यकर्मी छैनन्,’ उनले भने, ‘काठमाडौंको स्थिति बाहिरी जिल्लामा आउने हो भने बाटोबाटोमा मान्छे मर्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया