२७, असोज । नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा उहाँलाई गएराति संक्रमण पुष्टि भएको हो ।
लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहनुभएका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई सुगर र निमिनियाको समस्या समेत देखिएको भेरी अस्पतालले जनाएको छ । तर उहाँको स्वास्थयमा क्रमिक रुपमा सुधार आएको जनाइएको छ ।