दाङ, २१ असोज । दाङको भालुबाङलाई स्थायी राजधानी तोकिएसंगै जिल्लाका स्थानीयतहहरुले प्रशासनिक कामकाज पनि राजधानीवाटै हुनुपर्ने माग गरेका छन् । प्रदेश सरकार सञ्चालनकालागी पुर्वाधारको अभाव नरहेकोले सरकार सञ्चालन राजधानीबाटै हुनुपर्ने उनीहरुले बताएका हुन् ।
प्रदेश सरकार सञ्चालनकालागी राप्ति गाँउपालिकामा पुर्वाधारको अभाव नरहेको अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीले प्रदेश सरकारकालागी आवश्यक पर्ने जग्गा र पुर्वाधार अभाव नहुने दावि गर्नुभयो । प्रदेश सभा, मन्त्रालय, विषयगत कार्यालय र आवास राख्नसकिने र संरचना ब्यवस्थापन गर्न सकिने उहाले बताउनुभयो । गाँउपालिकाले व्यवस्थापन गर्न सक्ने विद्यालय २२ विगाह जमिनमा रहेको र प्रसस्त भवनहरु रहेकोले सरकार सञ्चालनको लागी आवश्यक पर्ने पुर्वाधार समेत रहेको उहाले बताउनुभयो ।
राप्ति गाँउपालिकाका अनुसार तत्काल जग्गा र पुर्वाधारमा कमि नहुनेगरी राप्ति शिक्षालयले उपभोग गर्दै आएको घरजग्गा प्रयोग गर्न सकिने छ । २०५० सालमा स्थापना भएको शिक्षालयहाता भित्र २२ वटा पक्कि भवन सहित ३ सय मानिस अटाउन सक्ने सभाहल समेत रहेको छ । तत्काल नयाँ संरचना निर्माणमा ढिलाईहुने र आर्थिक भार समेत हुने भएकोले यसवाटै सरकार चलाउन अध्यक्ष सुवेदीले आग्रह समेत गर्नुभयो ।