राता रात काठ बेच्ने सामुदायिक बनका अध्यक्ष अवैध काठ सहित पक्राउ!

वीर बहादुर बि क —=

शान्तिनगर असोज २१, पश्चिम दाङ्गमा एक जना सामुदायिक बन का अध्यक्ष अवैध काठ सहित पक्राउ परेका छन! पक्राउ पर्नेमा शान्तिनगर गाउपालिका वडा नं ३ बस्तिखोला का सन्तविर कामी हुन! सन्तविर त्यो क्षेत्रमा रहेको हरियाली सामुदायिक वन उपभोता समुहका अध्यक्ष हुन! २५०.७५ हेक्टर क्षेत्रफल रहेको उक्त सा, व मा १७६ घरधुरी उपभोक्ता रहेका र २०६७ सालमा स्थापना भएको हो! विशेष सुचना का आधारमा हाम्रो गस्ती टोलि र म आफै त्यो ठाउँमा जाँदा सा व उ स का अध्यक्ष को घरमा लुकाइ छिपाइ राखेको अवश्थामा २१ क्यु फिट परिमाण रहेको १५ थान साल जातको चिरानी काठ फेला पारेका हौँ सब-डिभिजन कार्यालय श्रीगाउँ का प्रमुख दयाराम पौडेल ले जानकारी दिए! हामिले हरियाली सामुदायिक बनको जङ्गल सङ्ग सटेको रास्ट्रीय बन क्षेत्रमा ५६ इन्च ४८ इन्च र ४६ इन्च गोलाइ भएका भरखर काटेको जस्तो देखिने साल जातको रुखको ठुटा पनि फेला पारेका छौँ पौडेल ले भने! रास्ट्रीय बनमा रहेका ठुटा कसले काटेको हो? अनुसन्धान भइ रहेको छ भने अध्यक्ष सन्तविर को घर बाट फेला परेको सालजातको चिरान काठ समुहका कोषाध्यक्ष धन्सिङ्ग घर्ती लाई जिम्मा लगाएर अध्यक्ष लाई अनुसन्धान का लागी पक्राउ गरेका छौँ पौडेल ले अगाडि भने! हरियाली सामुदायिक बन बाट कर्मचारीको मिलेमतोमा सालजातको काठ राती राती ट्रेक्टर बाट सप्लाइ हुने गरेको छ स्थानिय लोक बहादुर खत्री ले राप्ती पहिचान लाई भने! सब डिभिजन कार्यालय ले मान्छे छोपेको भन्ने जानकारी पाएको छु म नयाँ भएको ले त्यो क्षेत्रको बारेमा मलाइ थप जानकारी छैन जिल्ला बन कार्यालय दाङ्ग का अधिकारि ले भने! हरियाली सामुदायिक बनमा १२ ठाउँमा सालजातको रुख अवैध तरीकाले काटिएको छ, बन कार्यालयमा फोन गरेर जानकारी गराएका छौ, एक स्थानिय ले हामी लाई भने! उनका अनुसार सालजातको चिरान भएको काठ समुहका कोषाध्यक्ष धनसिङ्ग घर्ती का बाबू रण बहादुर घर्ती कोमोलखातमा लुकाइ छिपाइ राखिएको छ नाम नबताउने शर्तमा एक स्थानिय ले भने! हामिले काठ पाउदैनौ रातारात बाहिर काठ बिक्री हुन्छ अर्का स्थानिय ले भने!

प्रतिक्रिया