सनिबार मात्र थपिए २१२० काठमाण्डौंमा मात्र १००१ फेला।

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा २१२० जनामा कोरोना संक्रमण देखिएको छ । 

मुलुकमा गएको २४ घण्टामा गरिएको १२ हजार ९७८ पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन् । बुधबार भेटिएभन्दा ६०२ कम हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसारको थप संक्रमित संख्यासहित हालसम्म कोरोनाबाट संक्रमण हुनेहरुको कूल संख्या ८४ हजार ५८९ पुगेको छ । 

यस्तै काठमाडौं उपत्यकामा मात्र पछिल्लो घण्टामा ११७७ जना नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ७६ जना गरी यो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार उपत्यकामा बिहिबार १६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर शनिबारको तुलनामा ४९१ कम हो  ।

यस्तै २४ घण्टामा २०४४ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । योसँगै ६२ अजार ७४० पुगेको छ । निको दर ७४ दशमलब एक प्रतिशत हो । यस्तै कूल संक्रमितमध्ये हाल मुलुकमा २१७ संक्रमित आईसीयू र ३१ संक्रमित भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

२५ हजारभन्दा बढी सक्रिय संक्रमित पुग्ने बित्तिकै लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सरकारलाई गरेको सिफारिसलाई कार्यान्वयन गर्ने यसअघि नै मन्त्रालयले स्पष्ट पारिसकेको छ । 

प्रतिक्रिया