गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

असोज,१६ गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्।  सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएको हो।  देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन्। उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ।  शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपकुलपति नियुक्त भएका देवकोटालाई सपथ ग्रहण गराएका छन्।

प्रतिक्रिया