दशैंको मुखमा ओली सरकार ले गर्यो यती राम्रो निर्णय

१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

उपत्यकाबाहिरबाट आएकालाई घरबेटी र कार्यालयले जबर्जस्ती पीसीआर गराउन पठाएपछि स्वास्थ्य मन्त्रालयले मापदण्डविपरीत पीसीआर नगराउन प्रयोगशालाहरूलाई सचेत गराएको छ ।काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क पीसीआर गर्न रातै बिताएर लाम बस्न थालेपछि मन्त्रालयले उनीहरूलाई पीसीआरको सट्टा कोठामै १४ दिन क्वारेन्टाइनमा बस्न दिन घरबेटीहरूलाई आग्रह गरेको छ ।

‘पीसीआर गर्न बाध्य बनाइएकाले राति–राति झरीमा रुझ्दै झेल्नुपरेको समस्याप्रति स्वास्थ्य मन्त्रालय दुखित छ,’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘यात्रा गर्नेबित्तिकै पीसीआर गर्नुको कुनै औचित्य हुँदैन । यात्रा गरेर आएको दुई सातासम्म छुट्टै बस्नुपर्छ । यो अवधिमा कोरोनाको कुनै लक्षण देखियो भने मात्रै पीसीआर गर्न जानुस् । दुई सातामा लक्षण नदेखिए पीसीआर गर्नुपर्दैन ।’

प्रतिक्रिया