तुलसिपुर, १५ असोज। भुमि सम्बन्धि समस्या समधान आयोगका केन्द्रीय सदस्य सोभाराम बस्नेतले अब्यबस्थित बसोबासिलाई लाल पुर्जा नदियमा आयोग नै फेल हुने बतायका छन्। तुल्सिपुरमा भयको एक कार्यक्रममा सम्बोधन गर्दै आयोगका केन्द्रीय सदस्यले यस्तो बताएका हुन। सुकुमबासी भन्दा पनि अव्यवस्थित बसोबसको संख्या धेरै भयको भन्दै लालपुर्जा नदिए आन्दोलन चर्किने र त्यसलाई सरकारले थाम्ननसक्ने बताए।
दाङको खोलाको छेउमा बसेकालाई समेत लालपुर्जा दिन नमिल्ने एनमा व्यवस्था भयको भन्ने चर्चा चलिरहेका बेला केन्द्रीय सदस्य बस्नेतको यस्तो अभिब्यक्ती आएको हो। पातुखोलामा बसेका चार तले घरलाई पनि लालपुर्जा दिनुपर्छ। भालुबाङ लगायत बिभिन्न खोलामा बसेकालाई पनि दिनुपर्छ। बस्नेतले भने। यदि यसो नगरे आन्दोलनलाई हामिले थेक्न पनि सक्दैनौ र हाम्रो आयोग पनि फेल हुन्छ। केन्द्रीय सदस्य बस्नेतले बताए।