सल्यानमा तिन दिन देखी बेप’त्ता वडाध्यक्ष, परिवारको फोन सम्पर्कमा आए

असोज १३, सल्यान । सल्यानमा तिन दिन देखी सम्पर्क बिहिन भएका एक वडा अध्यक्ष परिवारको फोन सम्पर्कमा आएका छन् । तिन दिन देखी परिवारबाट सम्पर्क बिहिन भएका शारदा नगरपालिका – १३ का वडा अध्यक्ष तुल्सी रावत मंगलबार परिवारको फोन सम्पर्कमा आएका हुन् ।

असोज १३ गते मंगलबार वडा अध्यक्ष रावत परिवारको फोन सम्पर्कमा आएको र उनले परिवार सँग आफु ठिकै रहेको र छिट्टै घर फर्केर आउने बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनु भयो ।

रावत असोज ११ गते घरबाट सदरमुकाम खलंगा जान्छु भनेर गएको र त्यसपछिबाट परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको थियो । वडाध्यक्षको खोजतलास गर्दिन परिवारले प्रहरीमा सुचना दिए लगतै वडा अध्यक्षको खोजतलाश शुरु भएको थियो । तर रावतको अवस्था बारे थप जानकारी पत्ता नलागेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया