बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपालगन्ज शिक्षण कलेज कोहलपुरमा कोराना संक्रमित कोहलपुर १० का ५३ बर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ४१ बर्षका पुरुषको उपचारको क्रममा सोमबारराति मृत्यु भएको हो ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । जिल्लामा कुल संक्रमित १ हजार ८६० मध्य एक हजर ५ सय ७ जना उपचारपछि घर फिर्ता हुनुभएको छ । मंगलबार आज मात्र ४४ जना डिष्चाज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।