वि’द्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नि’युक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उप कार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन वर्तमान नेतृत्वलाई आग्रह गरे ।
मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नि’युक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मूल नेतृत्व नभएको महसुस नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिए ।जति दिन निमित्त कार्यकारीका रूपमा रहनुहुन्छ, म निमित्त हुँ भन्ने सोच नराख्नुस् । तपाईं अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पूर्ण अधिकार सहितको कार्यकारी हुनुहुन्छ, मन्त्री पुनले कोइरालालाई भने । उनले केही दिनयता वि’द्युत् वितरणप्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल वि’द्युत् प्रा’धिकरणलाई निर्देशन दिए । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए ।
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्नेतर्फ ग’म्भीर हुनुपर्ने उल्लेख गरे ।मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित वि’द्युत् पाइरहेका जनता समस्यामा पर्दा शङ्काको आँखाले हेर्नु स्वाभाविक भएको बताउनुभयो । उनले प्रा’धिकरणका समस्या समाधान गरी जनतालाई नियमित वि’द्युत् उपलब्ध गराउनेकाममा मन्त्रालय सधैँ ग’म्भीर रहेको स्पष्ट गरे । मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रवीणराज अर्यालले वि’द्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।
काममा मन्त्रालय सधैँ ग’म्भीर रहेको स्पष्ट गरे । मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रवीणराज अर्यालले वि’द्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।प्रा’धिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैँ समाधान भएर जाने जानकारी दिए । प्रा’धिकरणका कर्मचारीले रातदिन नभनी समस्या हटाउँदै।
वि’द्युत् सुचारु गरिरहेको उनकोभनाइ थियो । ललितपुरको खोकना र काठमाडौँ ग्रान्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध वि’द्युत् सुचारु गराएको, तौलिहवामा वि’द्युत् सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित चारकर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुः’खद घटना भएको जानकारी दिए ।प्रा’धिकरणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारीनिर्देशक व्रजभूषण चौधरीले लगातारको वर्षा, बाढीपहिरो, च’ट्याङ, रुख ढल्नेजस्ता कारणले केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।