बालिका बलात्कारीलाई फाँसीको माग गर्दै दलित अधिकार कर्मी

सुर्खेत असोज ११ । सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको मष्टा गाउँपालिका–२, खिकालामा १२ वर्षीय बालिका  सम्झना कामी, चौपायालाई गोठमा बाध्न गएको बेला गरिएको बलात्कारपछि हत्याको  विषयमा शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कालिकोट- सुर्खत सेवा समाजले गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै कर्णालीका युवा नेता, समाज सेवी तथा दलित अधिकार कर्मी  तिर्थ सुनारले पनि मुख खोल्नुभएको छ । दलित बालिकामाथि भएको जघन्य अपराधमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभएको छ ।

सम्झना एउटा उदाहरण मात्र भएपनि सिंगो दलित समुदायका महिला बलात्कृत हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले दोषीलाई कडा भन्दा कडा कारबाही सहित फाँसीको सजाय हुनुपर्ने बताए र पीडित परिवारलाई उचित न्याय सहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सम्झनाको असोज ७ गते बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो । यस्ताखालका अमानवीय अपराधमा संलग्नलाई राजनीतिक संरक्षण नगरि कानुनअनुसार सजाय दिलाउनु पर्ने उहाँले माग गर्नुभएको छ।

प्रतिक्रिया