अर्घखाचीमा पहिरोले घर कगायो गाउनै जोखिममा

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका व१२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट पहिरो खस्दा २० घर र २० घरका गोठ पहिरोले पुरेको वडाध्यक्ष बाबुराम गैरेले बताउनुभयो ।पहिरोले मानवीय क्षति भने गरेकाे छैन । पहिरोले घर पुरेपछि २० घरका एक सयभन्दा बढी स्थानीयलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव बुढाथोकीले जानकारी दिनुभयो ।पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने क्रम बढ्न सक्ने प्रहरीको भनाइ छ । ती गाउँका अरु २० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । मानवीय क्षति नभए पनि पशु चौपायाहरू कति पुरिए भन्ने अझै जानकारी भएको छैन । अहिले प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेकाे स्थानीय हरी गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया