
९ असोज : दाउन्नेमा खसेको पहिरोमा बस पुरिंदा १ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन। काठमान्डौ बाट रुकुम जाँदै गरेको ना ५ ख ७९४० नम्बरको यात्रु बहाक बस बुटवल नारायणघाट सडक खन्ड अन्तरगत दाउन्ने स्थित बिश्वकर्मा बाबाको मन्दिर नजिकै बिहिवार बेेेेलुका दुर्घटना भएको हो। सडक जाम भएपछी गाडि रोकिराखेको समयमा एक्कासी माथिबाट
खसेको पहिरोले पुरिएर दुर्घटना भएको गाडी धनी आनन्द श्रेष्ठले बताएका छन।
बसमा सवार घाइते मध्य पश्चिम रुकुमको आठविसकोट नगरपालिका १० बस्ने २५ बर्षिय हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरिले जनाएको छ। दुर्घटनामा परी १० जना सामान्य घाइते भएको र ६ जनालाई अलि बढि चोट लागेको बताएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर निवासी २७ बर्षीया प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ । उनिहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ।