रमा बुढा मगर——
तुलसिपुर असोज ८, अविरल वर्षा सङ्गै आएको बाढी पहिरोले सिचाइ कुलो बगाइ दिँदा किसान चिन्तित भएका छन! तुलसिपुर ३ श्थित डाँडाखुटी सिरकुलो सिचाइ जल उपभोक्ता समूह को सिचाइ कुलो बाढी पहिरोले बगाएको हो! गएको भदौ महिनाको २१ गते देखि पहिरो जान सुरु भएको हो अहिले पहिरो ठुलो मात्रा मा गइ रहेको छ डाँडाखुटी सिरकुलो सिचाइ जल उपभोक्ता समुहका अध्यक्ष कबिराम के सि ले राप्ती पहिचान लाई भने! पँचायतकालको२०२९ सालमा त्यस भेगका जनताले मानोमुठी उठाएर र जनश्रमदानमा काम गरेर निर्माण गरेको उक्त कुलो ले हाल ११७ बिगाह जग्गा मा सिचाइ पुर्याइ रहेको छ! हामिले अहिले पनि घर घर बाट मासिक २२५ रुपैयाँ उठाएर कुलो हेरालु राखेर कुलो संचालन गर्दै आइ रहेका छौँ के सि ले भने! तुलसिपुर ३ को ११ वटा टोलबिकास संस्था का वासिन्दा को जग्गामा सिचाइ पुर्याएको उक्त कुलो को लम्बाइ ५ किलो मिटर रहेको छ! झन्डै ४ सय घर धुरी किसान यो सिचाइ कुलो बाट सिचाइमा निर्भर छ्न भने हाल ९७ घर धुरी किसानले करिब ३७ बिगाह जग्गामा धान खेती गरेका छन! धान पसाउने बेलामा कुलो क्षय भयो हाम्रो खेती पनि क्षय हुने भयो स्थानिय किसान नोम बहादुर केसि ले हामी लाई भने! १०० मिटर माथी पहाड बाट ७५ देखि ८० मिटर चौडाइ रहेको पहिरो खसेको छ पहिरो हटाउन हाल सम्भव छैन वर्षात पछि मात्र पहिरो हटाउन सकिन्छ कि जस्तो छ जल उपभोक्ता समुहका उपाध्यक्ष बिष्णु मल्ल ले बताए! यसै बिषयमा हामिले तुलसिपुर ३ का वडा अध्यक्ष वीर बहादुर बि क बिजय लाई फोन गरि किसानले लगाएको धान खेती लाइ सिचाइ गर्ने सिचाइ कुलो भत्किएर किसान हरु चिन्तित रहिछन, तपाइले वडाको तर्फ बाट तत्काल के सहयोग गर्नु हुन्छ भनी सोध्दा मैले त्यो पहिरो हटाउन जति पैसा लाग्छ वडा कार्यालय ले ब्यहोर्ने गरि पहिरो हटाउने काम सुरु गरि सकेको छु किसान हरुले चिन्ता मान्नु पर्दैन भने! पहिरो ठूलो छ सिङ्गै पहाड खसेर कुलो लाई पुरेको छ त्यो ठाँउमा मेसिन लग्न सकिँदन ज्यामी हरु बाट सके सम्म छिटो पहिरो हटाइ कुलो संचालन गर्न कम्तिमा १५ दिन लाग्ने देखिन्छ उनले भने! किसान हरुले चिन्तै मान्नु पर्दैन हामी हरुले वडा सदस्य छबि खराल प्रत्यक्ष सहभागी रहने गरि यो समस्या समाधान गर्ने निर्णय गरेका छौँ छवि जि निरन्तर किसान सङ्ग सङ्गै हुनुहुन्छ कुलो संचालनमा आउँछ बि क ले अगाडि भने!