रमा बुढा मगर —==
तुलसिपुर असोज ५, बुवा तुलाराम भुसाल र आमा मोतिकला भुसाल, दाङ्ग जिल्ला तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाँउ ठेगाना, नाम जिबलाल भुसाल!
२०६७/८/१६ गते प्रहरी सेवामा प्रवेश भएका जिबलाल भुसाल हाल जिल्ला नुवाकोट तारुका अस्थाइ ट्राफिक प्रहरी पोस्टका ट्राफिक प्रहरी जवान हुन! ड्युटिमा रहेका बेला मानविय कार्य गरेकाले उनी हाल सामाजिक संजालमा भाइरल बनेका छन! उनका अनुसार कोरोना महामारी का कारण सडक सुनसान थियो! म ड्युटिमा खटेको थिए एक जना ६५ वर्ष जतिका देखिने बूढो मानिस सडकमा पैदल हिडी रहेको देखेँ! ती बुढा मानिस ३०/४० मिटर हिडेर केही बेर बस्ने अनि लौरो टेकेर फेरि हिड्ने गर्दै म उभिएको ठाउँ सम्म आइ पुगे जिबलाल भुसाल ले भने! मेरो नजिक आए पछि मैले उनलाइ कहाँ बाट आएको? कहाँ जान लागेको? भनी सोधी खोजी गर्दा उनी नारायणघाट बाट आएको र रसुवा जान लागेको अस्ति सांँझ देखि केइ खाएको छैन भन्ने कुरा उनले बताए भुसाल ले अगाडि भने! सबै हेरफेर गर्दा हिडाइको पिरले उनलाइ ज्वरो पनि आएको रहिछ, अचम्म दया लागेर आयो, त्यस पछि मैले उनलाइ यात्रु प्रतिक्षालयमा लगेर आराम गर्न भने भुसाल बताउछन! मैले उनलाइ ब्यारेकमै लैजाने थिए तर कोरोना महामारीका कारण ब्यारेकमा लान सकिन भुसाल बताउछन! त्यस पछि मैले वरपर हेरेँ कुनै होटल, पसल खुलेका थिएनन सबै बन्द थिए! यतिकैमा मैले एक जना किराना पसलको साहु जी लाई फोन गरेर एकछिन ढोका खोल्न अनुरोध गरेँ, उनले मेरो अनुरोध लाई स्विकार गरेर पछाडिको साइड बाट ढोका खोले र मैले ३ बोतल पानी र एक दर्जन बिस्कुट किनेर ल्याएर ती बूढो मानिस लाई खान दिएँ! पानी र बिस्कुट खाए पछि ती बटुवा बूढो मानिस अलिक राम्ररी बोल्न सक्ने भए र अब म हिड्छु बाबू भन्न थाले! यता तारुका मा कतै केइ खुलेका थिएनन! होटेल पनि बन्द थिए, मैले उनलाइ कतै बसाउन सक्ने अवश्था थिएन किन भने बाहिर बाट आएका लाई तारुका का मानिस हरुले बस्न नदिने कुरा बताए भुसाल भन्छन! त्यस पछि मैले मेरो गोजीमा भएको १ हजार रुपैयाँ झिकेर ती बुढा मानिसलाइ बाटामा केइ किनेर खानु भनी दिएर बिदाइ गरेको हुँ! उनी कहाँ छन मलाइ थाहा छैन, मेरो कामना छ उनी आरामै रहुन! कोरोना भाइरस को महामारी का कारण देशै भरी यस्ता दुख पाएका मान्छे हरु लाई खाना खुवाएर मानविय सहयोग गरेको शमाचार हरु प्रसस्त सुन्न र पढ्न पाइयो तर दाङ्ग घर भै कर्तब्यपालन का क्रममा नुवाकोटमा ड्युटिमा रहेका एक जना दङ्गाली युवा जो प्रहरी सेवामा छन उनले गरेको यो मानविय कार्य सराह्निय मात्रै नभइ उदाहरणिय पनि भएका ले दाङ्ग बाट संचालनमा रहेको राप्ती पहिचान डटक्म ले एउटा अंक को एउटा कोलम जिबलाल भुसाल लाइ दिएको हो!
