दाङको टरिगाँउ बिमानस्थल भोलिदेखी संचालनमा आउने।

दाङ्ग (तुलसीपुर) -४ असोजकोरोना महामारीका कारण बन्द भएको हवाई सेवा असोज ५ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै तुलसीपुरको टरिगाउँ विमानस्थलमा हवाई जहाज आउने भएको छ ।पहिलो चरणमा हवाई सेवा सातामा ३ दिन सञ्चालन गर्ने गरी तयारी गरिएको तुलसीपुर केन्द्रका प्रमुख निमकान्त लम्सालले बताए ।लम्सालले केही दिनमै यात्रुको चापलाई मध्यनजर गरेर दैनिक २ उडान हुने जानकारी दिए ।यसैगरी विमान सेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ ।दाङ्ग काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।लम्सालका अनुसार आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।

प्रतिक्रिया