
रम बुढा मगर—–
तुलसिपुर असोज ३, सर्वहारा वर्गकै वकालत गर्दै आइ रहेका नेपालि कम्युनिस्ट हरुको कम्युनिस्ट पार्टी नेपालको राज्य सत्तामा सत्तासिन रहेकै बेला वास्तविक सर्वहारा नेपालका राउटे जाती को बस्तिमा भोकमरी परेको छ! नेपाली सर्वहारा वर्ग को हित उत्थान राज्यसत्तामा उनिहरुको उपश्थिती गराउने नारा अंगालेको नेपालको कम्युनिस्ट आन्दोलन २००६ सालमा भारतमा जन्मिएर आफ्नो ७१ वर्ष पूरा गर्दै गर्दा ०७४ साल देखी बहुमतका साथ सत्तामा पुगेको छ! अझ रोचक कुरा के छ भने पछि परेका जाती, समुदाय, वर्ग क्षेत्रको राज्यसत्तामा उपश्थिती हुनु पर्छ भनी ०५२ देखी ०६२ सम्म सशस्त्र युद्द नै गरेको पार्टी पनी यति बेला सत्तामा छ! सशस्त्र युद्दमा १७ हजार नर नारी हरुको बली चढाएको, हजारौँको कोख रित्त्याएको, हजारौँको काख रित्त्याएको, हजारौँको सिउदो पुछेको, हजारौ लाई अनाथ बनाएको तत्कालिन बिद्रोही माओवादी को मुख्य नारा नै सर्वहारा वर्गको सत्ता स्थापित गराउने भन्ने थियो! तर तिनै सर्वहारा वर्गको सत्ता स्थापित गराउने सपना बाँड्ने नेता सत्तामा हुदा दैलेख गुराँस गाउपालिका वडा नम्बर ८ घ्यु पोखरी भन्ने ठाँउको जङ्गल्मा अ-स्थाइ बसोबास गर्दै आइ रहेका राउटे भोक भोकै रहेको कुरा हाम्रा कर्णाली शमाचारदाता धन बहादुर बुढा क्षेत्री ले खबर पठाएका छन! राउटे बस्ती मा बिकराल भोकमरी पर्यो राउटे हरुलाइ कसैले वास्ता गरेन बुढा क्षेत्री ले भने! हामी लाई खाना दे सरकार भनेर राउटे हरुले हारगुहार गरि रहेका छन राजनितिक दलका आफ्ना नेतालाइ पखाला लाग्दा पनि शमाचार लेख्ने नेपालका राजनितिक दलका पत्रकार हरुले पनी उनको यो चीत्कार सुनेनन उनले अगाडि भने! ४१ घर धुरी रहेको राउटे बस्तीमा जम्मा जनसंख्या १४९ जना रहेको छ! नेता हरुलाइ भेटेर राउटे बस्तिमा अन्न लत्ता कपडा र औषशी को ब्यबश्था गरि दिनु पर्यो भनी अनुरोध गर्दा सुनुवाइ भएन राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल कि अध्यक्ष सत्यदेवी अधिकारीले राप्ती पहिचानलाइ बताइन! कोरोना भाइरसको महामारी फैलिएपछी गाँउले हरुले हामी लाई गाउँ पस्न दिन्नन, गाउँ पस्न नपाए हाम्रा काठका कोसि मदुस कसले किनिदिने? कोसी मदुस बेच्न नपाउदा भोक भोकै मर्न लाग्यौँ राउटे मुखिया मैन बहादुर शाही ले भने! हाम्रो गँउमा भोकमरी पनि पर्यो, जनता बिमारी पनि छन लाउने लत्ता कपडा पनि छैन उनले अगाडि भने! मैले ७ जना सुत्केरी महिला हरुलाइ सुर्खेत बाट ल्याएको चामल र नुन तेल दिएको छु एक जना स्थानिय ले हामी लाई भने! साँच्चै राउटे बस्ती दया लाग्दो छ उनले अगाडि भने!