१३ वर्षिय बालिका भन्छिन म बाँच्न चाहन्छु, मलाइ बचाउनुस!

रमा बुढा मगर—===

तुलसिपुर असोज २, मेरो भाग्य नै यस्तै हो कि मलाइ दैव नै लागेका हुन, मलाइ यो कलिलै उमेरमा ब्लड क्यान्सर नामको रोग लाग्यो, १३ वर्षिय बालिका अपसरा विक ले हामी सङ्ग कुरा गर्दै गर्दा भनिन! उनको परिवार ०६२ सालमा रोल्पाको जुँगार बाट दाङ्ग झरेको हो! सुरुमा दाङ्गको बनहरिमा एउटा कोठा भाडा लिएर उनको परिवार बस्दै गर्दा उनको जन्म पनि त्यही ठाँउमा भएको कुरा उनले बताइन! बुवा किरण परियार ले मज्दुरी को काम गर्ने गरेका छन! मज्दुरी गरि कमाएको पैसा ले परिवार पाल्ने कि? मेरो उपचार गर्ने? मेरो शरीर लाई महिनामा एक पटक ३ पोइन्ट सेतो रगत को आवश्यक्ता पर्छ उनले भनिन! रगत नचढाएमा शरीर भरी काला दाग आउछन म उठ्न नसक्ने हुन्छु अपसरा ले भनिन! डाकटर ले मलाइ बचाउन ३२/३३ लाख लाग्छ भन्छन त्यतिका रकम बुवाले कहाँ बाट ल्याउने, म पक्कै पनि बाँच्दिन जस्तो लाग्छ उनी भन्छिन! जहाँ पीडा त्यहाँ विपत्ती भने जस्तै गएको भदौ २८ गते रातीको अविरल वर्षाका कारण आएको बाढी तुलसिपुर ६ बरुवागाँउको बहुला सोता श्थित उनको घर भित्र पस्यो र घरमा भएको लत्ता कपडा, अन्नपानी सबै बगाएर लग्यो! अहिले उनको परिवार के खाने? के लाउने भन्ने चिन्तामा छ! छोरी लाई म गरिबले बचाउन नसक्ने रोग लागे छ, छोरी लाई हेर्दा आँसु थाम्नै सक्दैन किरण परियार ले राप्ती पहिचान लाई भने! मलाइ बाँच्न मन लाग्छ, म बाँच्न चाहन्छु मलाइ आफ्नै छोरी सम्झेर आर्थिक सहयोग गर्नुस म उपचार गर्छु बालिका अपसरा ले बलिन्द्र आँशुका धारा बगाउदै हामी लाई भनिन! तपाईं को मिडिया ले धेरै लाई सहयोग गरेको भिडियो देखे पछि मेरै अनुरोधमा तपाईं लाई बोलाउन लगाएकी हुँ, मेरो उपचारको लागी पहल गरि दिनुस उनले अगाडि भनिन! साँच्चिकै पिडादायी अवश्था देखेँ कोइ दानविर दाता हुनुहुन्छ भने यी बालिका लाई सक्दो सहयोग गरि दिन भनी सामाजिक अभियन्ता एग्गे बहादुर बुढा ले राप्ती पहिचान सङ्ग भन्नुभयो! राप्ती पहिचान डटकम पनि तपाईं हरु सङ्ग सहयोगको अपिल गर्दछ, पत्रीकाका प्रधान सम्पादक मङ्गलसिङ घर्ती ले अनुरोध गर्नु भएको छ!

प्रतिक्रिया