
तुल्सिपुर २, असोज। सासुलाई बलत्कार गरेको आरोपमा दाङको तुल्सिपुरमा जवाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुल्सिपुर उपमहानगरपालिका ६ निबासी २८ बर्षका ओकिल शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जानकारी दियको छ। केहि दिन अघी कुटपिट गरेर लखेटिएकी छोरीलाई पठाउन आएकी ४० बर्षकी सासुलाई राती साढे ९ बजे बलात्कार गरेको पिडित महिलाले जानकारी दिएकी छन्। सासुले दिएको जाहेरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जानकारी दिएको छ। घटनाको बास्तबिकता बारेमा अनुसन्धान भैरहेको प्रहरी ले जानकारी दिएको छ।