जनता बाट पराजित हरुको घुँइचो रास्ट्रीय सभामा!

रमा बुढा मगर-====

तुलसिपुर भदौ ३०, नेपालको संविधान २०७२ ले बेलायती मोडेलमा आधारित दुई सदनात्मक ब्यबश्था अनुसार रास्ट्रीय सभाको परिकल्पना गरी नेपालमा ५९ सदस्यीय रास्ट्रीय सभा गठन गरिएको छ! ५९ सदस्य मध्य एक जना महिला सहित ३ जना सरकारको सिफारिसमा रास्ट्रपति ले मनोनित गर्ने ब्यबश्था पनि गरिएको छ! प्रतिनिधि सभा भन्दा एक तह माथी रहने गरी परिकल्पना गरिएको रास्ट्रीय सभा मा हाल जनता बाट पराजित भ्एका ब्यक्ती हरु साँसद बन्न पाउने थलोको रुपमा परिणत भएको छ! हालसालै वामदेव गौतम लाई सरकारले रास्ट्रीय सभामा सदस्य बनाउन रास्ट्रपती समक्ष गरेको सिफारिस निर्णय अनुसार अब रास्ट्रीय सभामा जनता बाट प्रत्यक्ष चुनाव हारेका हरुको संख्या ७ पुग्ने भएको छ! चुनावमा जनता बाट पराजित भएका तर हाल रास्ट्रीय सभामा साँसद बनेका हरुमा नारायणकाजी श्रेस्ठ गोर्खा २ प्रतिनिधि सभा, मृगेन्द्र कुमारसिंह सप्तरी ४ प्रतिनिधि सभा, जगप्रसाद शर्मा (अपार) दाङ्ग को ३ (क) बाट प्रत्यक्ष पराजित भएका हुन! त्यस्तै भगवती न्यौपाने तनहु जिल्ला को भानु नपा को मेयर पद बाट पराजित हुन भने विमला घिमिरे कपिलवस्तु जिल्ला को बाणगंगा नपाको मेयर पद बाट पराजित भएकी हुन! अझ रोचक बिषय त यो हो कि वडा सदस्य जस्तो सामान्य पद बाट पराजित भएका एक जना पनी रास्ट्रीय सभाको सदस्य बन्न पुगेका छन उनी हुन सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गापा वडा नम्बर ७ का वडा सदस्य सिंहबहादुर विश्वकर्मा! ३ जना रास्ट्रपतीले मनोनयन गर्ने बाहेक ५६ जनाले निर्वाचित भएर जानू पर्ने हुन्छ जसलाइ प्रदेश सदस्य र स्थानिय पालिका का प्रमुख/उप प्रमुख र गापा का अध्यक्ष/ उपाध्यक्ष ले मतदान गर्ने संवैधानिक ब्यबश्था छ! यता सरकारको सिफारिसमा रास्ट्रपतीले मनोनित गर्ने ३ जना को हकमा भने संविधानको धारा ८६ को उप धारा २ को (क)मा एक जना महिला सहित रास्ट्रीय रुपमा ख्याती प्राप्त, विषय बिज्ञ लाई समेट्ने भनी ब्यबश्था गरिएकोमा त्यसो नगरी दलकै चुनाव हारेका नेता हरुको नाम सिफारिस हुनुले रास्ट्रीय सभाको गरिमा माथी नै नाङो प्रश्न उठ्न थालेको छ भने अर्को तर्फ रास्ट्रीय सभाको शाख गिर्दो अवश्थामा देखिन्छ! नेपालको संविधान २०७२ ले प्रतिनिधि सभा बाट चुनाव हारेका उमेदवार त्यो कार्यकाल भरी मन्त्री बन्न नपाउने ब्यबश्था हुँदाहुदै बामदेव गौतम लाई रास्ट्रपती बाट मनोनित गराइ अर्थ मन्त्री बनाउने हल्ला ले रास्ट्रीय सभा प्रतिको जनताको विश्वास पुरै उठ्ने देखिन्छ!

प्रतिक्रिया