भदौ २ गते देखी लामो दुरीका यातायात संचालन गर्छौ ब्यबशायी, दाङ्ग जिल्ला भरी मैले रोक्दैन प्रजिअ!

रमा बुढा मगर——-

तुलसिपुर भदौ २९, दाङ्गमा संचालन मा रहेका ११ वटा यातायात प्रा लि का ब्यबशायी हरुको सयुंक्त बैठक ले असोज २ गते देखी सबै सवारी साधन सडकमा ल्याउने र लामो दुरी का लागी पनि यातायात संचालन गर्ने निर्णय गरेका छन! सोमबार त्रीसिद्देश्वरी यातायात प्रा लि, अम्बिकेश्वरी यातायात प्रा लि,तुलसिपुर यातायात प्रा लि,राप्ती जनता यातायात प्रा लि, राप्ती सेवा प्रा लि, मालिका कालिका यातायात प्रा लि,मालिका कालिका सार्वजनिक यातायात प्रा लि, चन्द्रसुर्य यातायात प्रा लि, सहारा यातायात प्रा लि, पाण्डेश्वरी यातायात प्रा लि र नमस्ते यातायात प्रा लि को सयुक्त बैठक ले यस्तो निर्णय गरेको हो! भदौ २८ गते सवारी साधन चलाउन पाउ भन्दै जिल्ला प्रशासन कार्यालय दाङ्ग मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र बुझाएका ब्यबशायी हरुले आज यस्तो निर्णय गरेका हुन! राज्य हामी यातायात ब्यबशायीको अरबौँ लगानी रहेको यातायात ब्यबशाय प्रती गम्भीर भएन, गाडी मालिक ले आत्म हत्या गर्ने अबश्था आइ पर्दा सम्म हाम्रो लगानी प्रती अलि कति पनी सोचेन त्यसैले अब हाम्रो लगानी को हामी आफै रक्षा गर्छौँ राप्ती सेवा प्रा लि का अध्यक्ष दिल बहादुर वली ले राप्ती पहिचान सङ्ग भने! जस्तो सुकै अप्ठेरा र कनुनी प्रकृया सङ्ग अब पौँठेजोरी खेल्छौँ दिल बहादुर ले अगाडि भने! हामी ले सरकार को निर्णय मानेरै ६ महिना आफ्ना सवारी साधन थन्क्याएर राखेका हौँ बितेको ६ महिनाको बैंकमा रहेको हाम्रा कर्जा को ब्याज र किस्ता घरखेती बाटै तिर्‍यौँ अब सवारी साधन संचालन नगरी तिर्न सक्ने अवश्था रहेन त्यसैले वाध्य भएर सवारी साधन संचालन गर्ने निर्णयमा पुगेका हौँ एक ब्यबशायी ले भने! सरकार ले छोटो दुरिमा संचालनमा रहेका सवारी साधन लाई जस्तै लामो दुरिमा चल्ने सवारी साधन लाई पनि मापदन्ड बनाएर दिए आफू हरुले अक्षर अक्षर पालना गर्ने अर्का एक ब्यबशायीको भनाइ छ! हाम्रा यातायात मज्दुर हरुको अवश्था दिनानुदिन दयनिय बन्दै गइ रहेको छ, ती यातायात मज्दुर र उनका परिवार रोगले भन्दा पनी भोकले मर्ने अवश्था सिर्जना भइ सक्यो अब सवारी साधन संचालन गरेरै छाड्छौँ अर्का यातायात ब्यबशायी ले भने! यसै बिषयमा हामिले दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल लाई दाङ्गका यातायात ब्यबशायी हरुकोअसोज २ गते देखी सबै दुरि का सवारी साधन चलाउने निर्णय प्रती तपाईं के भन्नुहुन्छ भनी सोध्दा दाङ्ग जिल्ला भरी म रोक्दैन, दाङ्ग भन्दा बाहिर जान बाहिर जिल्ला ले के गर्छ मैले भन्न सक्दैन भनी बताउनु भयो!

प्रतिक्रिया