रमा बुढा मगर——
तुलसिपुर भदौ २९, भदौ २८ गते राती परेको अविरल वर्षातका कारण तुलसिपुर ३ को हेरेवास भन्ने ठाँउमा गोपाल वलीको घर भत्किदा लाखौंको क्षति भएको छ! घटनामा मानविय क्षति नभए पनी घर भित्र रहेका सम्पुर्ण सामान, अन्नपात, लत्ता कपडा सबै पुरिएको छ गोपाल वली कि श्रीमती राधिका वली ले राप्ती पहिचान लाई भनिन! यता घर भत्किएको शुचना पाए लगत्तै घटना स्थल पुगेको अ स्थाइ प्रहरी चौकी बेलुवा को प्रहरी टोलि ले घर भत्किदा पुरिएका सर सामान ढुङ्गा माटो पन्छाएर निकालेको थियो! धेरै सर सामान ढुङ्गा माटो ले पुरेको थियो स्थानियको सहयोगमा हामी ले काम लाग्ने खालका सर सामान बाहिर निकालेर घर धनी लाई जिम्मा लगाएका छौँ अ स्थाइ प्रहरी चौकी बेलुवाका प्रमुख प्रदिप खडका ले बताउनु भयो! घर भत्किदा पलङ्ग ३ थान, टेलिविजन २ थान स्टिल दराज २ थान, सोफासेट,टेबुल एक थान,मिक्सचर १ थान, धान चामल नुन तेल भाँडाकुँडा ओढ्ने ओछ्याउने र १८ हात लम्बाइ, ९ हात चौडाइ रहेको ढुङ्गा माटो ले बनेको जस्ता पाताले छाएको दुई तले घर पुर्ण रुपमा क्षतिग्रस्त भएको पाइयो खडकाले अगाडि भने! यता गोपाल वली हाल बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेको र वर्षातले घर भत्काइ दिदा दुई छोरी र आफू बिचल्लिमा परेको कुरा राधिका वली ले बताइन! यस्तो विपत्ती परेको बेला मलाइ सहयोग गर्नुस उनले राप्ती पहिचान मार्फत स्थानिय सरकार लाई अनुरोध गरिन! श्रीमान बिदेशमा हुनुहुन्छ, हामी ससुरा बुवाको घरमा सुत्ने गर्थ्यौँ त्यसैले ज्यान जोगियो तर खानेकुरा ओढ्ने ओछ्याउने र बस्ने घर क्षतिग्रस्त भयो अब कहाँ बस्ने हो? उनले दुखेसो पोखिन!