टिप्परले स्कुटरलाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु।

 टिप्परले स्कुटीलाई ठक्कर दिदा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना प्रहरी जवान घाईते भएका छन् । रुपन्देही देबदह नगरपालिका १० स्थित पुर्बपश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ ख ८९९ नम्जरको टिप्परले विपरित दिशाबाट आउदै गरेको ध १ प ९७९५ नम्वरको स्कुटिलाई ठक्कर दिदा कपिलबस्तु कपिलबस्तु नगरपालिका ४ तौलिहवा बस्ने ३३ बर्षिय अमित श्रेण्ठको मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भिर घाईते श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ । उनी जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत रहेका थिए । यस्तैगरी स्कुटीमा सवार रुपन्देही सैनामैना नगरपालिका ४ बस्ने २३बर्षिया सन्तोषी थारु घाईते भएको प्रहरीले बताएको छ ।

उनको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा भएता पनि हाल जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत रहेको प्रहरीले बताएको छ । उनको दाहिने हात भाचिएको र अबस्था मध्यम रहेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ठक्कर दिने टिप्पर प्रहरीको नियन्त्रणमा भएपनि चालक भने फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया