ReplyForward |
जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो ।
तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले घटना स्थलबाट दुई बालकको शव निकालेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा बालकहरुसँगै हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका र उनिहरु ३ जनाको अबस्था सामान्य रहेको छ । मृतक बालकका बुवा भने रोजगारीका लागि भारतमा रहेका छन् ।