
रमा बुढा मगर—=====
तुलसिपुर भदौ २४, परिवार का सदस्य को मृत्यु पश्चात् काजकृया गर्दा लाग्ने खर्च बाट बचाएर एक जनाले गरिब दिन दुखी लाई खाद्यान्न सहयोग गरेका छन! हाल वैदेशिक रोजगारी को सिलसिलामा बिदेशमा रहनु भएका तुलसिपुर ७ गणेशपुर निवासी दिल बहादुर सेर्पाइली ले यस्तो काम गरेका हुन! सेरपाइली का हजुर आमा कली विक सेरपाइली को मृत्यु पश्चात् काजकृया गर्दा काजकृयामा लाग्ने खर्च बाट बचाएर ३ घर गरिब दुखी लाई खाद्यान्न सहयोग गर्न उनले १० हजार रुपैयाँ बचाइ राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल को हाम्रो सामाजिक अभियानका अभियन्ता एग्गे बहादुर बुढा लाई सो रकम उपलब्ध गराएका हुन! सेरपाइली का श्रीमती सरस्वती सेरपाइली मार्फत आफुले बुझिइ लिएको अभियन्ता बुढा ले राप्ती पहिचान लाई भने! हामिले त्यो रकम बाट तुलसिपुर ३ थापापानी का आशाराम बाँठा, सोहि वडा बल्ले कि अपाङ्ग महिला लक्ष्मी बुढा र तुलसिपुर ३ सिरखोला निवासी बिसे टमटा लाई चामल, खाने तेल,दाल, नुन किनेर दिने निर्णय गरेका छौ बुढाले अगाडि भने! कोरोना भाइरसको महामारी का कारण कतिपय ज्याला मजुरी गरि खाने परिवारको घरमा चुलो बल्न धौ धौ भएको कुरा थाहा पाए पछि हामीले यस्तो गरेका हौँ,दिल बहादुर सेरपाइली का जीवन सङ्गिनी सरस्वती सेरपाइली ले हामी लाई भनिन! म बिदेशमा छु घरमा हजुर आमा को मृत्यु भयो काजकृया गर्दा सबै रकम हजुर आमाको नाममा खर्च गर्न पनि सक्थेँ तर मैले त्यसो गरेन हजुर आमा को काजकृयामा लाग्ने खर्च बाट बचाएर हजुर आमाको सम्झनामा मैले ती गरिब दुखी लाई खाद्यान्न सहयोग गर्ने गरि रकम दिएको हुँ, दिल बहादुर ले हामी सङ्गको कुराकानिमा भने! कोरोना भाइरस माहामारी को कारण यस्ता समस्यामा धेरै संख्यामा गरिब दुखी परिवार छन, दिल बहादुर सेरपाइली जस्तै तपाईं हरु पनि आफ्नो घरमा शुभकार्य, पितृश्राद्द,बिबाह, सत्यनारायण को कथा, लाख बत्ती, महारुद्री पाठ, शुद्दसान्ती जस्ता कार्य गर्दै हुनुहुन्छ भने त्यस बाट केही रकम बचाएर हामिलाइ दिनुस, हामी त्यो रकम बाट गरिब दुखी लाई राहत पुग्ने राहत सामग्री किनेर हजुरको नाम बाट दिने छौँ दिने गरेका छौँ सामाजिक अभियन्ता एग्गे बहादुर बुढाले दाता दानविर हरुलाइ अनुरोध गरेका छन!